काठमाडौं । शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै नेकपा एमालैकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेकी छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् ।‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ, बालिका र किशोरी बलात्कृत भइरहेका छन्,’ उनले भनिन्, ‘रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’