काठमाडौं। सडक खन्दै गरेको ठाउँमा पहिरो जाँदा पुरिएर रोल्पामा २ जना बालकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–५ को दाउन्नेभिरमा सडक खनेको ठाउँबाट पहिरो (माटो) खस्दा २ जना बालक पुरिएका थिए।
स्थानीय प्रकाश खड्काका छोरा ७ वर्षीय डेविड खड्का र २ वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएका थिए। पछि माटो पन्छ्याउने क्रममा उनीहरु मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) थमन जिसीले जानकारी दिए।
उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो।