काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाताले मताधिकार प्राप्त गर्ने छन्।यस पटकको निर्वाचनमा मतदानको अघिल्लो दिन (वैशाख २९) गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले मतदान गर्न पाउने छन्। निर्वाचन आयोगको अध्यावधिक विवरण अनुसार वैशाख २९ गतेसम्म एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता मतदानमा सहभागी हुन पाउने छन्।जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना महिला रहेका छन्। यस निर्वाचनमा १८३ जना अन्य (लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।