सन्दिप डाँगी, दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै कराउन थालिन् । एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरिन् । उनले एकराजसंग बिहे गरिसकेकाे र उनका घरमा भएका एकराजकाे कपडा पनि आफैले किनीदिएकाे भन्दै फाल्न थालिन् दराज ताेडफाेड गर्ने, लुगाहरू च्यात्न थालिन । एकराजकाे श्रीमती र छाेरी माथि हातपात गरिन् । मिना भण्डारी बस्नेत (एकराजकि श्रीमती) रून थालेपछी आफन्त र स्थानीयहरु आएर प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।
घटना हुँदा एकराज घरमा थिएनन् । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।
भाईरल तस्बिर
यसअघि चुम्बनसहित तस्बिर एकराज बस्नेतकाे फेसबुककाे स्टाेरी मार्फत सार्वजनिक भएकाे थियाे । उक्त तस्बिर सामाजिक सञ्जालमा भाईरल भएपछि तस्बिरकाे खण्डन गर्दै एकराजले उक्त तस्बिर फाेटाेसप गरेकाे दाबी गरेका थिए ।मुख्यमन्त्री निवासमा बन्धन बनाएकाे आराेप
लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य विमला खत्री ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर विभिन्न दस्तावेज र विज्ञप्तिमा हस्ताक्षर गराएको आराेप लगाएकी थिईन् ।
२०७८ साउन २१ गते बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद ओलीले आफूलाई साउन १५ गतेदेखि साउन २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर साउन १९ गते विज्ञप्ति जारी गराएको दाबी गरेकी थिईन् ।
‘मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइयो,’ उनले बताएकि थिईन् , ‘थप केही माइन्युटमा पनि हस्ताक्षर गराइएको छ । तर, त्यो डकुमेन्ट के थियो मलाई थाहा भएन ।’सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् विमलानेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
काे हुन् बिमला ओली
बिमला ओली पूर्वसांसद स्व. उत्तरकुमार ओलीकाे श्रीमती हुन् । उत्तरकुमार ओलीकाे गाडी दुर्घटनामा निधन भएपछि नेकपाले उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३(ख) मा प्रदेश सांसदकाे रूपमा उम्मेदवार बनाएकाे थियाे । उनले २४ हजार २८६ मत ल्याउदै निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवराज शर्मालाई हराएकि थिईन् । शर्माले १९१८२ मत प्राप्त गरेका थिए । यसरी सांसद बनेकी बिमला माओवादी र एमालेकाे विभाजन हुदा उनी माओवादी प्रवेश गरेकि थिईन् । २०७८ अशाेज २४ गते उनी लुम्बिनी प्रदेशकाे स्वास्थ्यराज्यमन्त्री बनेकि थिईन् । काे हुन् एकराज बस्नेत
एकराज बस्नेत माओवादीकाे समर्थक हुन् । उनले दाेस्राे विवाहकाे रूपमा मिना भण्डारी(पिडित)संग विवाह गरेका हुन् । उनीहरूकाे एउटा छाेरी समेत छिन ।
पिडित मिना भण्डारी श्री सिद्ध पृथ्वी जनता उमावि श्रीगाउँ दाङकाे शिक्षिका हुन् । स्थानियले बताए अनुसार एकराज बस्नेतले श्रीमती मिना भण्डारीलाई कुटपिट गर्दै आईरहेका थिए ।मुद्दा कसरी अगाडि बढछ
सर्वाेच्च अदालतका अधिवक्ता कञ्चनकृष्ण न्याैपानेले डिकुरासंग कुरा गर्दै बिमला ओली घरभित्रै छिरेर घटना घटाएकाे हुनाले उनिमाथी कुटपिट वा अभद्रकाे मुद्दा लाग्न सक्ने बताए । चाेटपटक नलागेकाे हुनाले पिडितका श्रीमान आएर प्रहरी चाैकीमा मिलापत्र पनि गराउने सक्ने समेत बताए । प्रहरीले अनुसन्धान गरिरहेकाले अहिले केही भन्न नसक्ने बताएका छन् तर मन्त्रीबाट भने नैतिकताकाे आधारमा राजीनामा दिनुपर्ने बताए ।अधिवक्ता कञ्चनकृष्ण न्याैपाने