
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरिएको बताए ।उनले १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रमको लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।




























