काठमाडौं : सांसद खगराज अधिकारीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माथि प्रश्न उठाएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद अधिकारीले एसपीपीको सम्बन्धमा सेनाले सरकारको स्वीकृतमार्फत पठाएको र त्यो कसको स्वीकृतिमा पठाएको भन्दै प्रश्न गरेका हुन् ।उनले पत्र नहेरिकन नैतिकताको पाठ सिकाउने मन्त्रीलाई एसपीपीका विषयमा जवाफ दिन सभामुखमार्फत चुनौती दिए।उनले भने,' पत्र नहेरिकन नैतिकताको पाठ सिकाउने मन्त्रीलाई सभामुखमार्फत चुनौती दिन चाहन्छु।'एसपीपी पत्र सुशिल कोइरालाको पालमा भएको हो भन्ने कुरा जानकारी गराउन चाहन्छु।'छानविन गर्न तयार छौं, माननीयज्यूहरु तयार हो । रक्षा मन्त्रालय तपाईको मातहतमा छ । त्यतिबेला सुशिल कोइरालाले लेखेको पत्र यहाँ ल्याउन म चुनौती दिन चाहन्छु । केपी ओलीको पत्र छ भने कि तपाईले छोड्नुपर्यो की मैले छोडन तयार छु । तपाई जान्नुहोस् सुशिल कोइरालाको पत्र भएको कुरा जानकारी गराउन चाहन्छु ।'