मकवानपुर । प्रहरीले ५ ग्राम लागू औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-१ चाइनाक्वाटर बस्ने ३४ वर्षीय निराजन घिमिरे रहेका छन् ।प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।