काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले तस्करले मल ल्याउन सक्ने,सरकारले नसक्ने आरोप लगाएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल मार्फत तस्करले मल ल्याउन सक्ने,सरकारले नसक्ने । कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने‘...कस्तो दूर्भाग्य ?
अनि पनि देशमा सरकार छ भनेर हामीले मानि दिनु पर्ने ? भनी आरोप लगाएका छन् ।