काठमाडौं । सप्तरीमा आज दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ३ मधुवनमा दिउँसो ३ बजेतिर गाईभैँसी चराउन खेतमा गएको बेला चट्याङ लागेर ६० वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ७७ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।चट्याङ लागेर घाईते भएका दुवै जनाको उपचारका लागि अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।