काठमाडौं- अर्थमन्त्री शर्मालाई केहिसमयमा पदबाट हटाउने प्रधानमन्त्री शेर बहादुर देउवाले तयारी थालेका छन् ।बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ । मन्त्रालयले सीसीटीभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजनीनामा दिनुपर्ने माग बढ्दो छ ।हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।हिजोमात्रै पार्टीका महामन्त्री गगनकुमार थापाले समेत अर्थमन्त्रीको शर्माको राजिनामा माग गरेका हुन् । यसअगाडी पनि गर्भनर प्रकरणमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र कांग्रेस सांसद प्रकाश रसाईली स्नेहीले समेत उनको राजिनामा माग्दै आएका छन् ।