काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले देशलाई नोक्सान हुन्छ भनेर सत्ता परिवर्तनका लागि भएको षडयन्त्रबारे आफू चुप बसेको बताएका छन् ।उनले सत्ता परिवर्तनको षडयन्त्र कसले र किन गरेको भनेर आफूलाई थाहा भएको तर देशको भलाइका लागि आफू चुप बसेको बताए ।अविश्वास प्रस्ताव पारित भएपछि उनले सत्ता छाड्न परेको थियो । इमरानले त्यतिबेला अमेरिकाले षडयन्त्र गरेर सत्ताबाट हट्नु परेको बताएका थिए । तर सत्ताबाट हटेपछि उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् ।‘म चुप छु किनकी देशको हानी चाहन्न, मलाई सबै थाहा छ, कसले के ग¥यो भनेर, मैले एउटा भिडियो बनाएर सुरक्षित स्थानमा राखेको छु, मलाई केही भइहालेमा पनि नागरिकलाई थाहा हुनेछ,’ इमरानले भने, ‘षडयन्त्रमा को को संलग्न थिए रु कसले केके गरे रु यो देशमा कसले ठूलो गद्दारी गरे, सबै थाहा हुनेछ, अहिले म बाध्यतामा छु र केही बोलेको छैन, तर बोल्नेछु ।’