काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले राजीनामाको घोषणा गरेका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा संसद्को रोष्ट्रमबाट उनले राजीनामाको घोषणा गरेका हुन्।बजेट निर्माणको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप छ। अर्थ मन्त्रालयले त्यस रातको सीसीटीभी फुटेज समेत मेटिएको जवाफ दिएपछि उनी थप विवादमा तानिएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा माग गरेको थियो। प्रतिपक्षी दलकै मागमा बुधबार अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ। अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन दलहरुबीच सहमति भएसँगै बुधबार बसेको प्रतिनिधिसभाको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो। १० दिनभित्र छानबिनको रिपोर्ट दिन निर्देशन दिइएको छसमिति गठन भएपछि शुरु भएको संसद् बैठकमा अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन्।