काठमाडौं - सचेत नेपाली पार्टीका संयोजक पुण्य प्रसाद प्रसाईले पछिल्लो समयमा चुनावमा उठेका उम्मेदवारहरु गधाको संज्ञा दिए । जनताले नै स्वच्छ छविका मानिसहरुलाई उम्मेदवार बनाउनु पर्ने उनको भनाई थियो । स्वच्छ छबिका युवाहरुले कोही पनि उम्मेदवारी बन्न तयार नुहने बताए । आम पार्टीले इमान्दार व्यक्ति खोजेर राम्रा–राम्रा उम्मेदवार चुनावमा पठाउन चाहेको पनि जिकिर गरे ।
प्रसाईले देशको सुधार गर्न सबै भन्दा पहिला सिस्टम सुधार्न पर्नेमा जोड दिए । जताततै पैसाको कुरा मात्र बिक्ने उनको भनाई थियो । अहिले चलिरहेको मासु भात प्रथा र व्यवस्थाको नै परिवर्तन गर्नुपर्ने भन्दै उनले सबै मानिसले सबैभन्दा पहिला आफु इमान्दार बन्न प्रयास गर्नुपर्ने धारणा राखे ।उनले भने,‘मानिस मात्र इमान्दार नभएर पुरै सिस्टम नै इमान्दार हुनुपर्छ । सिस्टमले नै देश बलियो हुने हो । सिस्टम नै बेठिक भएको कारण देशको अवस्था विग्रिएको हो ।’ उनले ठुला दलले चुनावी खर्च उठाउन खोज्दा देशमा भ्रष्टाचार बढेको तर्क गरे ।