धनगढी – सुदूरपिश्चम प्रदेशसभाको बैठक लगातार स्थगित हुँदै आएको छ। असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटमा अझै छलफल नै हुन सकेको छैन।आज बसेको बैठक पनि स्थगित गरिएको छ। सभामा गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका हुन्।
प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भएपनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी गराएका हुन्।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता पठानिसंह बोहराका अनुसरा सरकारका अर्थमन्त्री प्रकाश रावलले आज प्रतिपक्षदलसँग छलफल गर्ने भनेपनि बोलाएनन्।जसका कारण आफरुहरूले प्रदेशसभा बैठक बहिस्कार गरेको बताए। नेपाली कांग्रेसले भने सदनमा बजेट कार्यक्रम सच्याउने भन्ने प्रतिद्धता आएमा मात्र समर्थन गर्ने निर्णय गरेको छ।कांग्रेस संसदीय दलका प्रबक्ता डिल्लीराज पन्तले सदनमा बजेट सच्याउने प्रतिद्धता आए समर्थन गरेर जाने निर्णय भएको बताए।कांग्रेस संसदीय दलको बैठक आजै बिहान बसेको थियो। बजेटमा एकलौटी गरिएको भन्दै लगातार प्रदेश सभा बैठक अवरुद्ध भइरहेको छ।