
काठमाडौं - शुक्रबार स्वतन्त्र राजनीतिक शक्ति नेपालको आयोजनामा बृहत राजनीतिक भेला गर्ने भएको छ । यो समुह नेपालको एकमात्र स्वतन्त्र राजनीतिक शक्ति हो । उक्त कार्यक्रम मार्फत पुण्य प्रसाईले आफ्नो उम्मेद्वारी घोषणा गर्ने कार्यक्रम समेत रहेको छ ।


सचेत नेपाली पाटीले अध्यक्ष पुण्यप्रसाद प्रसाईको यही भदौ १० गते शुक्रबार १.३० बजे दिउँसो तिनकुने सुविधानगर स्थित सिद्धार्थ कटेजमा स्वतन्त्र राजनीतिक शक्ति नेपालले उम्मेद्वारी घोषणा सभाको आयोजना गरेको छ । श्रोतका अनुसार डा. सुरेन्द्र केसी, डा.अहिराज, रमेश खरेल र हेमराज थापाले प्रमुख वक्ताको रुपमा सभालाई संवोदन गर्नुहुनेछ । १ः३० मा शुरु हुने कार्यक्रम ३ बजे समापन हुनेछ ।





























