
काठमाडाैं। मधेशी आयोगले छैठौ बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।बुधबार शितल निवासमा संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक बर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरी उपर कारवाहीका लागि सम्बन्धीत निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयहरुको कार्यान्वयन ९५ प्रतिशत भन बढि रहेको जानकारी दिनुभयो ।गत आर्थिक बर्षमा बिभिन्न मान्यमबाट ५८ वटा उजुरी प्राप्त भएको उहाले बताउनुभयो । उहाले न्यून स्रोत साधन तथा बजेटको अभाव भएपनि मधेशी समूदायको थर सूचीकरण अध्ययन प्रतिवेदन राष्ट्रपति समक्ष सिफारिस गरिएको बताउनुभयो ।अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसहरुप्रति थप गम्भीर हुनुपर्ने बताउनुभयो ।



























