
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि सत्ता गठबन्धन दलका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न एमालेसहित दलहरू प्रदेश प्रमुखको कार्यलयमा पुगेका हुन् ।प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेश गर्न लागिएको हो ।लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।गठबन्धनमा भएको सहमतिअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।Source :Prabahab




























