
आज (मङ्गलबार) सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १ बजेर १ मिनेटमा बस्दैछ ।प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्ष गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाइ एवम् शुभकामना प्रदान गरिने कार्यक्रम छ ।




























