
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका थिए ।Source:Sourya Dainik




























