
साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सुनकाे मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनकाे मूल्य १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँ कायम भएको छ।अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीकाे मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।




























