श्री सिद्धिचण्डी र पब्लिक कोअपरेटिभ लि.को ठगी धन्दाले जनताको निक्षेप जोखिममा गोमादेवी मैनाली र लीलादेवी वलीको कथा निकै दुखदायी छ । २०७४ सालतिर श्री सिद्धिचण्डी बचत तथा ऋण सहकारी संस्थामा उनीहरु घर राखेर लोन लिन गए । मूल्यांकन गरेर सहकारीले उनीहरुलाई ऋण दियो । पहिलो किस्तामा २५ लाख लिए ।
तर अर्को २५ लाख लिन जाँदा संस्थाका तत्कालिन अध्यक्ष शेखर बहादुर प्रधानले उनीहरुलाई केही कागजमा सही गर्न छुटेछ भनेर अर्को १ करोडको तमसुकमा सही गर्न भने । पहिला त उनीहरुले आनाकानी गरे तर अध्यक्ष शेखर बहादुर प्रधानले उनीहरुलाई फकाउँदै भने, तपाईंहरु चिनेजानेको भएर भनेको, वास्तवमा यो लोन मलाई नभइ भएको छैन अब म सहाकारीको अध्यक्षले आफ्नै नाममा लिन नपाउने भएकाले तपाईंहरुको नाम मात्र राख्ने हो, तपाईंहरुको घर धितोमा राख्नु पनि पर्दैन, साउब्याज म आफैले तिर्ने हो बरु उता तपाईंको लोनको बाँकी २५ लाख पनि आजै लिनुस् र अर्कोपालिदेखि ब्याज पनि घटाउने प्रयास गर्छु भनेपछि उनीहरुले तमसुकमा सही गरिदिए । सोही दिन अध्यक्ष प्रधानले १ करोड निकाले ।गोमादेवी र लीलादेवीले पनि उसैदिन बाँकी लोनको पैसा पाए । उनीहरु खुसी नै थिए तर महिनादिन नपुग्दै उनीहरुको खुसीले डाँडा काट्यो जब सहकारीले १ करोड ५० लाखको ब्याज तिर्न सहकारीबाट ताकेता गर्न थाल्यो । यो एउटा प्रतिनिधि घटना मात्र हो । यी २ सहकारीमा यस्ता दर्जनौं काण्ड छन् जहाँ ऋण लिन आउनेलाई थोरै पैसा दिने र उनीहरुको नाममा अर्को लोन पास गराएर संचालकले मिलिभगतमा खाने । एउटै गिरोहको मिलिभगतमा संचालनमा रहेका यी २ सहकारीभन्दा पब्लिक कोअपरेटिभको बदमासी पनि कम रोचक छैन । झापातिर घर भएका एक ज्येष्ठ नागरिक पुण्यप्रसाद मैनाली ५ वर्षमा दोब्बर हुने लोभमा आफूसँंग भएको १ लाख रुपैया जम्मा गर्न पब्लिक कोअपरेभिको अफिस धोवीघाट जान्छन् । मैनालीको सोझोपना देखेर हाल सचिवको रुपमा कार्यरत तात्ककालिन प्रमुख दिनेश ताम्राकार, लोन अधिकृत सुन्दर प्रसाद ःश्रेष्ठले योजना बनाउँछन् । पैसा जम्मा गर्न कागज बनाउनु पर्छ भन्दै १ करोड लोन लिएको तमसुकमा सही छाप गराउँछन् । अहिले उनी त्यो नखाएको ऋणको कारणले मर्नु न बाँच्नुको दोसाँधमा पुगेका छन् । एक पटक हर्ट अटैकसम्म आइसकेको छ । आफ्नो दुखेसो सुनाउँदै उनी भन्छन, यो नखाएको ऋणको पिरले मलाई खायो बाब ।नखाएको भन्ने कुनै प्रमाण तपाईसँग छैन, कतै तपाईंलाई विश्वास गरेर उनीहरुले बिना धितो तपाईलाई ऋण दिएका पो हुन् कि ? भन्ने हाम्रो प्रश्नको उत्तरमा मैनाली भन्छन्, त्यसरी धितो बिना त उनीहरु आफूले खाने ऋण मिलाउनका लागि मात्र गर्ने गर्दा रहेछन् । तपाईलाई मैले लिएको जस्तो लाग्छ भने त्यो कोअपरेटिभको बैक खाताको स्टेटमेन्ट हेरौं, मेरो नाममा कहाँ र कहिले चेक काटिएको रहेछ ! अहिले श्री सिद्धिचण्डी बचत तथा ऋण सहकारी संस्था लि. र पब्लिक कोअपरेटिभ लि.को ठगी धन्दाको पर्दाफास भएपछि त्यहाँबाट आफ्नो वचत रकम लिन जानेको ताँत लागेको छ । सहकारी डुबेर आफ्नो पनि बिल्लीबाँठ हुने डरले वचतकर्ताहरु आतिएको अवस्थामा भेटिन्छन् । सहकारी डुब्न लागेकाले आतिएकी धोवीघाटकै वचतकर्ता मीना तुलाधर रुँदै भन्छिन्, मैले विदेशमा रहेका बूढालाई थाहै नदिई बूढा आउँदा बूढालाई दोब्बर पैसा दिने लोभमा यो सहकारीमा २५ लाख राखें तर म्याचुअर्ड भएको १ महिना वितिसक्दा पनि केके समस्या देखाएर रकम दिन मान्दैनन् । सहकारीको उद्देश्य र मर्म विपरीत जनताबाट संकलित निक्षेप मिलेमतोमा निक्षेप सहकारीका संचालकहरुले नै संचालन गरेका कम्पनीमा र व्यक्तिगत रुपमा लगानी गर्न थालेपछि संकट । ललितपुरका हितमान महर्जनले श्री सिद्धिचण्डी बचत तथा ऋण सहकारी संस्थामा ५ वर्षमा दोब्बर हुने लोभमा १५ लाख रुपैयाँ मुद्दतिमा बचत गराए । अहिले ५ वर्ष पुगेपछि आफ्नो पैसा लिन जाँदा संचालकहरु ११ दिनदेखि उनलाई झुलाइरहेका छन् । छोरीलाई अध्ययनका लागि विदेश जान पैसा नभइ भएको छैन तर सहकारीका संचालकहरु उनलाई अरु ५ वर्षका लागि रिन्यु गर्नुहोस् एकै पटक ६० लाख आउँछ भन्दै झुलाउने गर्छन् । यो समस्या हितमानको र श्री सिद्धिचण्डी सहकारीको मात्र होइन पब्लिक कोअपरेटिभ लि.मा झन् विकराल समस्या रहेको छ । संगीता लामाले ५ वर्षमा दोब्बर हुने लोभ विदेशबाट श्रीमानले पठाएको रकम बचाएर ६ लाख जम्मा गराइन तर ७ दिन अघिदेखि ६ को १२ लाख लिन लामा धाएकी धाएकै छिन् । उनलाई पनि त्यही भनिन्छ जुन श्री सिद्धिचण्डीमा हितमानलाई भन्ने गरिन्छ । किन जनताले जम्मा गराएको निक्षेप झिक्न जाँदा दिइँदैन ? यसको मुख्य कारण भनेको यी दुवै संस्थाका संचालकहरुले जनताको जम्मा भएको निक्षेप आफ्नो प्रयोजनमा र आफ्नो व्यापारमा लगानी गरेर डुबाइसकेका छन् ।यी २ केवल प्रतिनिधि पात्र मात्र हुन् यी सहकारीमा २ लाखभन्दा बढी निक्षेप वचत गर्ने कसैले पनि आफ्नो वचत फिर्ता लिन सकेका छैनन् । यी सहकारीबाट प्रवाह गरिएको ऋण प्राय जोखिममा छ । प्राय सानोतिनो लोन लिन आउनेहरुलाई नै अर्को करोडौं कागजमा सहीछाप गराएर संचलकले आफैले रकम लिएर ठगी गरिरहेको पाइएको छ । श्री सिद्धिचण्डी बचत तथा ऋण सहकारीका पूर्व प्रमुख हाल अर्को पदमा कार्यरत शेखर प्रधान, भूषणनाथ उपाध्याय, दिनेश ताम्राकार, भुपेन्द्र राजोपध्याय जस्ता प्रमुक संचालकहरुले सहकारी र कोअपरेटिभमा भएको जनताको वचतलाई आफ्नो नीजि प्रयोजनका लागि प्रयोग गरेर जनताको वचतमाथि खेलबाड गरेका छन् । संचालकको यी र यस्ता प्रवृत्तिका कारण देशैभरका सहकारीमा जम्मा भएको वचतकर्ताको अरर्बौं जोखिममा परेको छ ।ुसहकारी संस्थाको मर्म र भावना विपरित सञ्चालन हुँदा, अनुगमन तथा नियमन प्रणाली प्रभावकारी नहुँदा हाल यो क्षेत्रमा अनुचित अभ्यासहरु भइरहेका छन् । स्वनियमनको व्यवस्था भएपनि त्यसको गलत प्रयोग भइरहेको छ यसले गर्दा सजिलै संकलित रकमलाई अनुचित लाभका लागि प्रयोग गर्ने काम भइरहेको छ ।