रौतहट । न्यायको माग गर्दै ‘गौर हत्याकाण्ड’का पीडितले शुरु गरेको धर्ना लगायतका आन्दोलनमा जनकपुर नागरिक समाजले एक्यबद्धता जनाएको छ । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले साउन १ गते देखी आन्दोलन गरिरहेको छ । विगत एकसातादेखी उनीहरुले चन्द्रपुरमा धर्ना दिईरहेका छन् । पीडितहरुको आन्दोलनमा समर्थन जनाउँदै जनकपुर नागरिक समाजले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुको माग सम्बोधन गर्न सरकारसंग माग गरेको छ । समाजले आन्दोलनप्रति पूर्ण समर्थन एवं ऐक्यबद्धता प्रकट गर्दै पीडितहरुको पक्षमा आवाज बुलन्द गर्ने तथा राज्यले यस विषयमा पीडितहरुलाई यथाशीघ्र न्यायको प्रत्याभूति दिलाउन नसकेको, गौर हत्याकाण्डका पीडित परिवारहरूलाई न्याय दिन ध्यानाकर्षण गराईएको छ ।
‘न्याय प्राप्तिका लागि संघर्षरत पीडित परिवार तथा आम न्यायप्रेमी जनसमुदायको आन्दोलनप्रति समर्थन एवं ऐक्यबद्धता प्रकट गर्दै यस विषयमा नेपाल प्रहरीले अडकायर राखेको न्यायिक प्रक्रिया तुरन्त अगाडि बढाई पीडितहरुलाई पूर्ण न्यायको प्रत्याभूति दिलाउन नेपाल सरकारसहित सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गौर हत्याकाण्डका अपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले धर्ना सुरु गरेको हो । धर्नामा बसेका पीडितले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, मानव अधिकारको रक्षा गर, कानूनी शासन लागु गर’ जस्ता नारा लगाउँदै यसअघि देखी नै आन्दोलनमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
संघर्ष समितिका संयोजक रुपसागर देवी उपाध्यायले शक्ति र सत्ताको बलमा आपराधिलाई जोगाउँने प्रयास भएको भए पनि त्यो धेरै दिनसम्म नटिक्ने बताए । अपराधिलाई कारवाही गराउँनका लागि आफूहरुको संघर्षका कार्यक्रमहरु परिमार्जन भए पनि त्यो जारी नै रहने उनले बताए । २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोस कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोस नागरिकहरु घाईते भएका थिए ।