काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक साताको आइतबार जनतासँग प्रत्यक्ष मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जनताका गुनासा तथा समस्याका सुन्नका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।त्यस्तै महानगरवासीका समस्याहरू नजिकबाट बुझ्नका लागि विभिन्न कार्यक्रम ल्याएको उनले बताए ।