देशभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।नेपाल मगर संघ स्थापना भएको दिनलाई मगर एकता दिवश मनाइने गरिन्छ । २०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले आजको दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् । स्थापना दिवसको अवसरमा देशभरका मगर समुदायको सांस्कृतिक पहिचान, राजनैतिक अधिकारका विषयमा विभिन्न गोष्ठी आयोजना भएको छ । पर्यटकीय नगरी पोखरामा मगर समुदायले संस्कृतिक कार्यक्रम गरी दिवस मनाएका छन् । कार्यक्रममा परम्परागत भेषाभूषासहितको ¥याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शन गरिएको थियो । दिवसको अवसरमा मगर जातिको बाहुल्य भएका स्थानीय सरकारहरुले सार्वजनिक बिदा दिएका छन् । गुल्मीको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । यस्तै, तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका, बाग्लुङको निसीखोलामा पनि सार्वजानिक बिदा दिइएको मगर संघले जानकारी दिएको छ ।