
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिने कुरा समग्र देशको अपमान भएको बताउनुभएको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकको बिशेष समयमा शाहीले अदालते न्याय दिएर क्यान र सरकारले सिफारिस गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा नदिनु समग्र देशको अपमान भएको बताउनुभएको हो । उहाले विश्वकप खेल्नका लागि आफ्ना खेलाडीलाई भिसा नदिदा पनि कुनै प्रतिक्रिया नदिने परराष्ट्र र खेलकुद मन्त्रालयको आवश्यकता नदेखिएको धारणा राख्नुभयो । विश्वकप आयोजना गर्ने देशले नै खेल खेल्न भिसा नदिनु भनेको पञ्चशिलको सिद्धान्त बिपरित रहेको उहाको भनाइ छ ।उहाले देशलाई खेलाडी वा कलाकारले देशलाई चिनाउने भन्दै यसलाई देशका नेताहरुले बुझ्न नसकेको तर्क गर्नुभयो ।




























