
काठमाडौं । भारत र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीले जित हासिल गरेको छ। भारतले यो खेल नौ विकेटले जित्यो। जितका नायक ओपनर रोहित शर्मा र विराट कोहली भए।रोहित शर्माले १०५ बलमा आफ्नो ३३ औं एकदिवसीय शतक पूरा गरे। यसले गर्दा उनको अन्तर्राष्ट्रिय शतकको कुल संख्या ५० पुग्यो। उनले ११ चौका र दुई छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे।यससँगै रोहित शर्मा र विराट कोहलीले अष्ट्रेलिया विरुद्ध २,५०० रन पूरा गरे। यो उपलब्धि हासिल गर्ने दोस्रो र तेस्रो ब्याट्सम्यान बने।यस खेलमा धेरै रेकर्ड बनेका छन्।



























