
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केही बेरअघि सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३ विकेटको जित निकालेको छ ।सुरुआति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।लखनउको जितमा आयुश बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्सले १५, एडेन मारकरमले २२, रिशव पन्तले १० तथा निकोलस पुरनले १३ रनको योगदान दिए ।कोलकाताका लागि वैभव अरोरा र अनुकुल रोयले २/२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १/१ विकेट लिए ।त्यसअघि पहिलो इनिङमा कोलकाताका लागि अजिङ्क्या राहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभमन पावेलले ३९ रन जोडे ।लखनउका लागि प्रिन्स यादव, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १/१ विकेट लिए ।जारी सिजनमा तीन खेल खेलेको लखनउको यो दोस्रो जित हो ।




























