
त्रिवि क्रिकेट मैदानमा वैशाख ६ र ७ गते हुने टी–२० आई सिरिजका दुवै खेल फल्डलाइटमा खेलाइनेछ । खेल साँझ ५ बजेपछि सुरु हुने । उक्त सिरिजलाई नेपालले लिग–२ अघि तयारीका रूपमा लिएको छ ।
यसैबीच, आइसिसी मेन्स क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । जसमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेका छन् ।
नेपालले लिग–२ अन्तर्गत घरेलु मैदानमा दुई वटा त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ । पहिलो सिरिजमा नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ गतेसम्म प्रतिस्पर्धा हुनेछ । त्यसपछि वैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अर्को सिरिज सञ्चालन हुनेछ ।
घरेलु समर्थन र परिस्थितिको फाइदा उठाउँदै नेपालले सशक्त प्रदर्शन गर्न सके छनोटको सम्भावना बलियो बन्नेछ, अन्यथा यात्रा थप जटिल बन्नेछ ।



























