
काठमाडौँ । नेपालले ८ विकेटको क्षतिमा ५० ओभरमा अमेरिकालाई ३१७ रन बनाएर ३१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो ।नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रन प्रहार गरे ।अमेरिकाका शुभम रञ्जनेले ३ विकेट लिए ।



























