
काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। जोसिप स्टानिसिचको पासलाई उनले उत्कृष्ट रूपमा गोलमा परिणत गरेका थिए।यो जितसँगै क्रोएसियाले तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४–२ गोल अन्तरले पराजित भएको थियो।यता, पानामाको भने यो लगातार दोस्रो हार हो। पानामा पहिलो खेलमा घानासँग १–० ले पराजित भएको थियो।




























