
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ ।नेदरल्यान्ड्स र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई विशेष समारोहबीच बिदाइ गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव Paras Khadka ले टोलीले गत वर्ष स्कटल्यान्डमा देखाएको उत्कृष्ट प्रदर्शनलाई यसपटक पनि दोहोर्याउने विश्वास व्यक्त गरे ।त्यसैगरी टोलीका कप्तान Rohit Paudel ले टोलीको संयोजन सन्तुलित रहेको भन्दै सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको बताए ।उनले भने, “हाम्रो टोलीको संयोजन निकै राम्रो छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ । त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछन् ।”नेपालले जुलाई २१ देखि सुरु हुने लिग–२ त्रिदेशीय शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प सञ्चालन गर्नेछ । क्यानका अनुसार टोलीले जर्सीमा जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्नेछ ।




























