
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आइतबार मोरोक्कोले ब्राजिलविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।गत वर्ष कतारमा सम्पन्न विश्वकपमा क्रोएसिया, पोर्चुगल जस्ता राष्ट्रलाई पराजित गर्दै मोरोक्कोले सनसनीपूर्ण सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।आइतबार घरेलु मैदानमा मोरोक्कोलाई जित दिलाउन सोफिएने बोउफल र अब्देलहमिद साबिरीले गोल गरे । ब्राजिलका कासिमिरोले गोल फर्काएपनि टिमको हार टार्न सकेनन् ।सोफिएने बोउफलले २९औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काएका थिए ।तर, अब्देलहमिद साबिरीले गरेको गोल निर्णायक बनेपछि मोरोक्कोले विश्व वरीयताको दोस्रो स्थानमा रहेको ब्राजिलविरुद्ध २–१ को रोमाञ्चक जित पक्का गर्यो ।टिटेले प्रशिक्षण छोडेपछि अन्तरिम प्रशिक्षक बनेका रोमन मिनिजेको प्रशिक्षणको पहिलो खेलमै ब्राजिलले हार व्यहोरेको हो ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आइतबारै भएको खेलमा जर्मनीले पेरूविरुद्ध २–० को जित निकालेको छ ।




























