
जमैकालाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।आज मङ्गलवार अस्ट्रेलियाको मेलबर्न रेक्टेङ्गुलर स्टेडियममा भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हरायो । कोलम्बियाका लागि ५१ औँ मिनेटमा क्याटालिन युस्मीले गोल गरिन् । क्वाटरफाइनलमा कोलम्बियाले इङ्ग्ल्यान्डसँग खेल्नेछ ।यस्तै आजै दोस्रो खेलमा बेलुका पौने ५ बजे फ्रान्स र मोरक्को खेल्दैछन् । याे खेलबाट अन्तिम ८ मा पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ । आयोजक अस्ट्रेलियासहित इङ्ग्ल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।source:ujyaaloonline




























