न्युजिल्यान्ड क्रिकेट टिमले १० वर्षपछि आउँदाे सेप्टेम्बरमा बङ्गलादेशको भ्रमण गर्ने भएको छ ।सन् २०१३ पछि न्युजिल्यान्ड पहिलो पटक आउँदो महिना बङ्गलादेश गएर एकदिवसीय र टेस्ट शृङ्खला खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ ।बङ्गलादेश क्रिकेट बोर्डले आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ अघि न्युजिल्यान्डसँग तीन वटा एकदिवसीय खेल हुने तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर २१ तारिखमा एकदिवसीय खेलसँगै शृङ्खला शुरु हुनेछ । टेस्ट क्रिकेट भने नोभेम्बर र डिसेम्बरमा हुनेछ । तीन वटै एकदिवसीय खेल मिरपुरको शेर–ए–बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियममा हुने तय भएको छ । विश्वकपको समाप्तिपछि नोभेम्बरको अन्त्यबाट टेस्ट शृङ्खला शुरु हुने छ ।