
चितवनको भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी शुरु भएको छ ।भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुरु भएको प्रर्दशनीको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्नु भएको थियो । प्रर्दशनीमा नेपाल भारत जर्मन बेल्जीयम नेदरल्याण्ड चीन अमेरीका टर्की मलेसिया सिगापुर ताईवान ईटली ईजरायल र बग्लादेशका १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रर्दशनीमा आधुनिक प्रविधि गुणस्तरीय औषधी फिड सप्लिमेण्ट डेरी उद्योग पोल्ट्री उद्योग दाना ह्याचरी उद्योग र मासुजन्य उद्योग लगाएत सम्पुर्ण पशुपन्छी पालन प्रशोधन र बजारीकरण सम्बन्धि बिभिन्न क्षेत्र समेटेर जानकारी लिन सकिने नेपाल पोल्ट्री महासघले जनाएको छ । प्रर्दशनी ३ दिन सम्म संचालन हुने छ । उक्त प्रर्दशनीमा पोल्ट्री पाठशाला पनि संचालन गरीएको छ । पाठशालामा बिभिन्न देशका पोल्ट्री बिज्ञहरुले पोल्ट्रीमा भईरहेको नवीनतम र अत्याधुनिक प्रबिधि र यन्त्र वारे जानकारी गराउने छन् । उक्त अबसरमा भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले भरतपुरमा आयोजना गरिएको अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनीले भरतपुर भ्रमण बर्षलाई मद्दत पुगेको उल्लेख गर्दै प्रर्दशनीले शिथिल अबस्थामा रहेको ब्यापार ब्यबशाय चलायमान हुने बताउनुभयो ।कार्यक्रममा नेपाल पोल्ट्री महासघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले नेपाली पोल्ट्री क्षेत्रको समग्र बिकास तथा नविनतम अत्याधुनिक प्रविधि गरि पोल्ट्रीको ब्यबशायिक बिकास गर्ने र आर्थीक क्रियाकलाप चलायमान गराउने उद्देश्यले अन्तराष्ट्रिय प्रर्दशनीको आयोजना गरीएको बताउनु भयो ।प्रर्दशनी नेपाल पोल्ट्री महासघ र ईण्डीया पोल्ट्री ईक्युप्मेण्ट एशोसियसनको सयुक्त आयोजनामा भएको हो । प्रर्दशनीले पोल्ट्री ब्यबशायी र पोल्ट्री ब्यबशाय गर्न चाहने किसानहरुलाई अत्याधुनिक प्रबिधि बारे जानकारी हुने आयोजकको विश्वास छ ।




























