
काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एक पछि अर्को घटनाले नङग्याएको बताएका छन । समाजमा आफुलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको साहको टिप्पणी छ ।२०७२ सालको भुकम्प पछि भारतको अघोषित नाकाबन्दीका बेला राष्ट्रवादको हुङकार लगाउदै नेपाली राजनीतिमा ओली लोकप्रिय बनेका थिए । तर वास्तविकतामा भने ओली दलाल व्यवसायी र बिदेशी जनताको हितमा काम गर्ने प्रवृत्तिका रहेको साहको ब्याख्या छ ।उदाहरणको रुपमा गैरआवासीय नेपाली नागरिकको माग र त्यसलाई दिएको महत्त्वलाई देखाएका छन ।"केपी ओली गैरआवासीय नेपाली नागरिकलाई बंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन । जो यो देशको नागरिकता त्यागेर बिदेशी भयो त्यसलाई नेपालको बंशजको नागरिकता दिनुपर्ने ? नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट बिदेश पुर्याऊनेहरुलाई देश बिकासका संबाहक देखने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?" आज पत्रकारहरुसंगको भेटमा आजपा अध्यक्ष साहले ओलीमाथी टिप्पणी गरेका हुन ।गत आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि गैरआवासीय नेपालीको भुमिका रहेको बताए ।प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताए । अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार नपाएकोप्रती आफू जानकार रहेको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानमै भएको व्यवस्था कार्यन्वयन गर्न आवश्यक संसोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौँ।’संविधान अनुसार गैरआवासीय नेपालीले नागरिकता पाउन थालिसके । संविधानत गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि आर्थिक, सामाजिक र सास्कृतिक अधिकार पाउछन् । नेपालमा सम्पती जोड्न, भएको वा जोडेको सम्पती बेचबिखन गर्न, ब्यापार/व्यावसाय गर्न, लगानी गर्न, नाफा लैजान पाउछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले निर्वाचनमा मतदान गर्न र उम्मेदवार हुन मात्रै पाउदैनन् । पछिल्लो समय प्रधानमन्त्री ओली बंशजको नागरिकता दिनुपर्ने एनआरएनएको माग छ । यो माग पूरा भए चुन्न र चुनिने अधिकार पनि प्राप्त गर्दछन । एनाअरएनएको यस्तो मागमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो राष्ट्रवादको छवि उदाङ्गो पारेको आजपा अध्यक्ष साह बताउँछन् ।"देशको प्राकृतिक स्रोत बिदेशीलाई दिने । सरकारी उद्योगलाई निजीकरण गर्ने र हुदा हुदा एनाआरएनएलाई बंशजको नागरिकता दिने आश्वासन दिने कुराले ओली कति राष्ट्रवादी भन्ने देखाएको छ" साहले भने । सत्ताका लागि ओलीको यस्तो कार्यमा सत्तारुढ दलहरू मौन रहने गरेको उनको टिप्पणी छ ।




























