
काठमाडौं ।आम जनता पार्टी (आजपा)का नेतृ रञ्जु साहले सत्ता र सडकबाट नेकपा (एमाले) तमासा प्रदर्शन गरिरहेको टिप्पणी गरेकी छन् ।आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज सञ्चारकर्मीसंगको भेटघाटमा उनले एमालेको सडक प्रदर्शन सत्ताको उन्माद भएको बताएकी छन् ।‘असफल भईसकेको सरकार जनताको समस्या, माग, आवश्यक्ताको बारेमा बेखबर छ । कुनै चासो नै छैन् । तर एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गर्दै सरकार र सडकबाट तमासा गर्दै हिडेका छन् । यसरी देश र जनताको चाहना, आवश्यक्ता पुरा हुदैन्,’ उनले भनिन् ।देशकै नेतृत्व गरेको एमालेको सडक प्रदर्शन कसका बिरुद्धमा हो भन्दै उनले प्रश्न समेत गरिन् । एमालेले आज भृकुटीमण्डपमा युवा सेलिब्रेसन गर्दैगर्दा उनले भनिन्, ‘यो एमालेको प्रदर्शन कसका बिरुद्धमा हो ? सडक र सत्तामा बसेको एमालेले यसरी तमासा गर्न मिल्छ ? कांग्रेससंग सत्तासहकार्यमा उकुसमुकुस छ भने सत्ता छोडेर सडकमै आउँदा हुन्छ नि ।’एमालेको शक्ति प्रदर्शनले लोकतन्त्रकै चिरण हरण भएको दावी आजपा नेतृ साहले गरेकी छन् । विदेशमा महिनौ देखी मरेका युवाको लाश ल्याइदिने आशमा बसेका परिवारलाई सरकारले केही गर्न नसकेको बताउदै उनले काठमाडौंमा सरकारले युवा सेलिबे्रसनको नाममा नाटक गरिरहेको बताईन् । साथै उनले युवा बिनाको युवा सेलिब्रेसनको कुनै काम नभएको बताईन् ।




























