
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताएका छन ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, संगठित हुने अधिकारको समेत उल्लङ्घन गरेको साहले जनाएका छन ।नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु भनेको ‘गोरूबाट दूध पाउने अपेक्षा’ गरे जस्तै भएको टिप्पणी आजपा अध्यक्ष साहले गरेका छन ।`सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक छ । यसले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, सङ्गठित हुने अधिकारको समेत उल्लङ्घन गरेकोछ । अहिले २१ औ शताब्दीको सूचना प्रविधिको युगमा सरकारको यो कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । अहिलेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु ‘गोरूबाट दूध पाउने अपेक्षा’ जस्तै हो । यसर्थ अपवित्र गठबन्धनको राजनीतिकलाई अस्विकार गरौ ! लोकतान्त्रिक अधिकारको पक्षमा आवाज बनौ !´ आजपा अध्यक्ष साहले सामाजिक संजाल फेसबुकमा लेखेका छन ।




























