दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीमाथि छानबिन शुरू गरेको छ।यसका लागि प्रदेश सरकारको छानबिन टोली दाङ आइपुगेको छ। गत साता मन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा रहेका एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई हातपात गरेकी थिइन्।यसको चर्को विरोध भएपछि प्रदेश सरकारले छानविनको लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तीलकराम शर्माको नेतृत्वमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको छानबिन समिति गठन गरेको थियो। त्यहि छानबिन टोली बुधबार दाङ पुगेको हो।छानबिन समितिले पीडित एकराजकी पत्नी मीना भण्डारी, उनकी छोरी र उनका परिवारका सदस्यसँग छलफल गर्ने बताइएको छ।त्यस्तै, प्रहरी, प्रशासन र आवश्यक्ता अनुसार स्थानीय बासिन्दासँग पनि छलफल गरिने आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले बताए। उनका अनुसार समितिले बिहीबारसम्म दाङमै बसेर छलफल गर्नेछ।यो पनि पढनुहोस् :https://dkura.com/news/3538/?fbclid=IwAR0aKREKbVsqfakrWhVMkoEyE1ZlAD-FDsLUe2vnFuLzc2EIaFqYeQRJqkA