काठमाडौं - पुण्य प्रसाईको सचेत नेपाली पार्टी, रमेश खरेलको सुशासन पार्टी सहित विभिन्न पार्टी र स्वतन्त्र समूहहरुको अलायन्सले यही मंसीर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी छनोटलाई तिब्रता दिएको छ । यही क्रममा सचेत नेपाली पाटीले अध्यक्ष पुण्यप्रसाद प्रसाईको यही भदौ १० गते शुक्रबार १.३० बजे दिउँसो तिनकुने सुविधानगर स्थित सिद्धार्थ कटेजमा स्वतन्त्र राजनीतिक शक्ति नेपालले उम्मेद्वारी घोषणा सभाको आयोजना गरेको छ ।
श्रोतका अनुसार डा. सुरेन्द्र केसी, डा.अहिराज, रमेश खरेल र हेमराज थापाले प्रमुख वक्ताको रुपमा सभालाई संवोदन गर्नुहुनेछ । १ः३० मा शुरु हुने कार्यक्रम ३ बजे समापन हुनेछ ।
सर्वपहिचानवादको अन्त्योदयको सिद्धान्त अनुसार सबैभन्दा पुच्छारमा पारिएका सीमान्तकृत वर्ग, क्षेत्र, वर्ण, जातजाति, लिङ्ग, भाषाभाषी र समुदाय सहितको राष्ट्रियतालाई सबै खाले विकासको मूलधारमा ल्याउन विकासको धारामा सबैभन्दा अन्त्यमा रहेकाहरू र सत्ताले सुनियोजित रुपमा पछाडि पारेकाहरूको सर्वप्रथम उदय र उत्थान गराउन पर्छ । नेपालका अल्पसंख्यकले बोल्ने भाषा बचाउन सकिएन भने एक दिन नेपाली भाषा पनि लोप हुन्छ, ल्होसार, उधौली उभौली, मागी, रोधीघर,जस्ता कल्चर जोगाउन सकेनौं भने दशै तिहार पनि जोगिदैन त्यसैले १२५ जाति १२३ भाषाभाषीले मान्ने कला संस्कृति सबै हामी नेपालीका साझा सम्पत्ति हुन् र यिनको जगेर्ना हुनुपर्छ भन्ने प्रसाईले सर्वोदयको सिद्धान्त लागू गरी लोककल्याणकारी राज्य बनाउनः आधुनिक मानवले गरेको विकास र सभ्यताले अरु प्राणी र वनस्पतिलाई मात्र हैन स्वयम् मानवलाई नै अहित गर्ने मात्र नभएर संकटमा समेत पारिरहेको र कमजोरहरूलाई अझ सताउने खाले भएकाले विकास कार्यलाई अन्त्योदयबाट शुरु गरेर सबैको उत्थान र विकास हुने सर्वोदयको सिद्धान्त लागू गरी लोककल्याणकारी राज्य बनाएर विकासको मूल धाराबाट कसैलाई पनि पछाडि छुट्न नदिने लक्ष्य बनाउनु पर्छ भन्ने उनको मान्यता छ ।
सचेत नेपाली पार्टी सहितको यस गठबन्धन स्वतन्त्र राजनीतिक शक्तिले १६५ स्थानमै उम्मेद्वारी दिने छ ।