
इण्डोनेसिया, माघ १९ गते । सन् २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन बढेर ११.६७ मिलियन पुगेको छ । सन् २०२२ मा यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएर ५.८९ मिलियन पुगेको हो ।तथ्याङ्क इण्डोनेसियाका कार्यवाहक प्रमुख अमालिया विद्यसान्तीले भने कि २०२३ मा विदेशी आगमनको सङ्ख्यामा कोभिड १९ महामारीपछि नयाँ रेकर्ड भएको बताउनुभयो । यद्यपि इन्डोनेसियाको पर्यटन महामारीबाट पूर्णरूपमा निको हुन सकेको छैन । २०१९ मा पर्यटक आगमन सङ्ख्या १६.११ मिलियन पुगेको थियो । डिसेम्बर १.१४ मिलियन विदेशी भ्रमणका साथ शिखर सिजनको रूपमा रेकर्ड गरिएको थियो ।गत वर्ष मलेसियाबाट सबैभन्दा बढी १९ लाख, अष्ट्रेलियाबाट १.४३ मिलियन र सिंगापुरबाट १.४१ मिलियनले भ्रमण गरेको बताइएको छ । बाली विमानस्थलबाट सबैभन्दा बढी विदेशी पर्यटक ५२ लाख अर्थात् ४४.९४ प्रतिशत भित्रिएका छन् । २०२३ मा बसाइको औसत लम्बाइ ८.५ दिन रेकर्ड गरिएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल



























