काठमाडौं।दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल विरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको समाचार छ ।नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।
प्रस्ताव पारित हुनका विपक्षी दलका १९२ सदस्यबाहेक सत्तारुढ दलका आठ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने थियो तर प्रस्तावको पक्षमा तीन सांसदले मात्रै मतदान गरेका बताइएको छ ।
कानून अनुसार महाअभियोग लाग्न २०० जना सदस्य चाहिन्छ ।