
काठमाडौं । इजरायलले गरेको हवाई आक्रमणमा परी गाजापट्टीका विभिन्न ठाउँमा ४१३ प्यालेष्टाइनीहरु मारिएका छन् ।
गाजाका स्वास्थ्य अधिकारीका अनुसार ५६२ जना घाइते भएका छन् ।भग्नावशेषमा पुरिएकाहरुको उद्दार कार्य जारी रहेको पनि उनीहरुले बताएका छन् ।हमासले बन्धकहरु रिहा गर्न अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरुको प्रस्ताव अस्विकार गरेकोले इजरायलले पुनःआक्रमण गरेको जनाएको छ ।
इजरायली रक्षा बलले विज्ञप्ती जारी गरी आतंककारी लक्षित गरी आक्रमण गरेको जनाएको छ ।




























