
काठमाडौं । इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, सुरुमा ७.८ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार बिहान ६:४८ बजे मुलुक्का समुद्रमा गएको थियो ।भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट लगभग १२० किलोमिटर टाढा थियो, जुन दुई लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना बस्ती भएको टापु हो ।सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटरको दायराभित्र इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रहरूमा छालहरू पुग्ने सम्भावना रहेको बीबीसीले बताएको छ ।




























