
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न घटनाक्रममा देखिने चूनौतिको सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।पशुपति चौलागाईको तेश्रो वार्षिक पुण्यतिथिको अवसरमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले बिभिन्न चूनौतिहरुलाइ सामना गर्न अघि बढ्नुपर्ने भन्दै चूनौतिहरुप्रति निराशा व्यक्त गर्नेहरुले केहि गर्न नसक्ने बताउनुभयो ।उहाले कम्युनिष्ट क्रान्तिकारीहरु जीवनका घटनाक्रमप्रति चिन्तित हुन नहुने बताउनुभयो । उहाले समाजवादको सिद्धान्तलाई अवलम्वन गरेकाहरुले उत्पादनसंग जोडिनुपर्ने बताउनुभयो ।कृषि उत्पादन, लगानीका अन्य बिषय, जलविधुत लगाएतका क्षेत्रमा युवाहरु क्रियाशिल हुनुपर्ने उहाको भनाइ छ । अध्यक्ष नेपालले प्रतिगमनको विरूद्धमा चौलागाईले खेल्नुभएको भूमिकाको स्मरण गर्नुभयो ।कार्यक्रममा स्मृतिमा पशुपति चौलागाई नामक पुस्तकको बिमोचन गरिएको थियो ।




























