
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले संघीय सांसदले नै घुस दिएको भन्ने बिषयमा सत्यतथ्य सदनमा जानकारी गराउन माग गरेका छन् ।नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले संघीय सांसदले नै घुस दिएको भन्ने बिषयमा सत्यतथ्य सदनमा जानकारी गराउन माग गर्नुभएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै केसीले जसपा सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा पाँच हजार घुस दिएको भन्ने बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनका लागि रुलिङ गर्न माग गर्नुभएको हो ।उहाले सांसदको छोराको सर्टिफिकेट प्रमाणिकरणका लागि पाँच हजार घुस दिनुपर्ने अवस्था सामान्य नभएको जिकिर गर्नुभयो । उहाले उक्त बिषयमा सरकारले छानविन गर्नुपर्ने बताउनुभयो ।यसअघिको बैठकमा जसपाका सांसद वीरेन्द्र महतोले सानोठिमी कार्यालयमा सर्टिफिकेट प्रमाणिकरण गर्न घुस दिनुपरेको अभिव्यक्ति दिनुभएको थियो ।




























