
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लिङ्देनले उनले पाथीभरा केवलकारको विषयलाई राज्यले किन अनदेखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न गरेका हुन् ।पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको बुई चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने निरन्तर विरोध गरिराख्ने बताए । आज एउटा व्यापारिक स्वार्थको लागि किन भाइभाई लडाउने काम भरहेको छ, किन मन्त्रीस्तरको वार्ता गर्न सरकार तयार छैन, मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो र ? सरकार जसले लामो समयदेखि योजनावद्ध ढंगले पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनको लागि योजनावद्ध रुपमा काम गरिरहेको छ भन्ने कुरा मानिसलाई थाहा छ । अहिलेको प्रधानमन्त्रीको नेतृत्वमै सरकार भएको बेला कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, लगत्तै व्यापारीलाई केवलकार बनाउन दिने निर्णय गरियो । तर, जनताले विरोध गरिरहेको अवस्था छ । सरकारले सारा शक्ति लगाएर निर्माण गर्न खोजिरहेको छ । त्यो काम अविलम्ब गर्नुपर्छ ।’यो काम तत्काल गर्न सरकारलाई उनको आग्रह छ । रक्तपात नगर्न सरकारलाई उनको आग्रह छ ।




























