
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेस कार्यवाहक कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ।




























