भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताउनुभएको छ ।बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडी बढाउन सकिने बताउनुभएको हो । उहाँले बजेटको सिलिङ नबढेमा कुनै नयाँ काम अगाडी बढाउन नसकिने भएकाले सरकारको नीति तथा कार्यक्रममा पनि केही नलेखे हुने बताउनु भयो । उहाँले आर्थिक वर्ष २०८१÷८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताउनु भयो । उहाँले नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताउनु भयो । उहाँले १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरुलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने बताउनु भयो । उहाँले यति नै बजेटको सिलिङ भएमा पुराना काम मात्रै सक्नेगरी अगाडी बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो । अन्यथा बजेटको आकार बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदहरुले माग गरे अनुरुपको सडक तथा पुलहरु निर्माण गर्न नसकिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘आ.व. २०७९÷८० मा हाम्रो मन्त्रालयको बजेट १६५ अर्ब । यसमा १० प्रतिशत मात्रै बढाएको भएपनि ०८०÷८१ मा १८२ हुनुपथ्र्यो । भयो १३१ । अब आउने आ.व. २०८१÷८२ को हाम्रो सिलिङ २०० अर्ब हुनुपथ्र्यो । अझ आर्मीको फास्ट ट्रयाक पनि यसैमा छ फेरी । आर्मिको फास्टट्रयाक त समय सकिन थाल्यो । अब त्यहाँ धेरै बजेट दिनुपर्छ । तर अहिले पनि सिलिङ आयो १२४ अर्ब । यो १२४ अर्ब पुँजिगत बजेटले हाम्रो सिनारियो कस्तो छ भने यो भन्दा पहिल्यै ठेक्का भइसकेकोमा ३ खर्ब ३ अर्ब हामीसँग कन्ट्रयाक्टको कमी हुँदैछ । त्यसलाई हामीले सामान्यतया ३ वर्षलाई मान्यौँ भनेपनि सडक विभागको मात्रै कुरा गर्दा १०१ अर्ब पुराना कामहरुका लागि छुट्याउनुपथ्र्यो । २० अर्ब जति यो आर्थिक वर्षमा पनि केही न केही त ठेक्का भएका छन् । अनि १० अर्ब सम्मको नयाँ ठेक्का निकालौँ न त अर्को वर्ष भन्यौँ भनेपनि सडक विभागलाई चाहिन्थ्यो १३०, आर्मीलाई चाहिन्थ्यो ५० र अरु रेल, यातायात व्यवस्था, जल यसोउसो गर्दा हामीलाई करिब २०० चाहिनेमा आएको छ १२४ । यहीँ भित्रबाट फेरि बाड्ने हो । कसरी धान्ने भनेर एकदमै दबाबमा परिन्छ । माननीयज्युहरुले एउटा पनि राखिदिएन अथवा यो ठाउँमा पैसा पारिदिएन भन्नुहुन्छ । हामीलाई एउटा सिलिङभित्र बसेर काम गर्नुपर्छ । पौडि खेल तर हातखुट्टा चाहीँ बाँधिदिन्छु भनेको जस्तो जसरी पनि गर्नुप¥यो । मेरो निरिहता यहाँ प्रकट गरेँ । मैले सिलिङभन्दा बाहिर गएर त बाँड्न सक्दिनँ । हाम्रो सिलिङ यति नै हो त थपिन्छ कि ? होइन भने हामी नयाँ त केही पनि गर्न सक्दैनौँ । नीति, कार्यक्रममा पनि केही पनि नलेखे हुन्छ । त्यो कुरा मैले सचिव बैठकमा पनि राखेको छु । अब नयाँ कुरा गर्ने कि नगर्ने भनेर कन्फर्म गरिदिनुपर्छ । कि दुईचार वर्ष पुराना काम सकाउ र नयाँमा जाऔँ । कि बजेटको आकार बढाऔँ ।’उहाँले चालु आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताउनु भयो । उहाँले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताउनु भयो ।