काठमाडौं| सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पिडितसंग छलफल गरेको छ ।सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पिडितहरुसंग छलफल गरेको हो । सो क्रममा उनीहरुले बचत फिर्ताका लागि आन्दोलन गरेपनि सरकारले आफुहरुको समस्या नसुनेको गुनासो गरेका थिए ।त्यस्तै उनीहरुले अधिकांश सहकारी ठगहरु स्वदेशमा रहेपनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् । समिति संयोजक सूर्य थापाले सहकारी पिडितलाई न्याय दिन आवश्यक सुझाव दिनका लागि पिडितहरुसंग छलफल गरेको बताउनुभयो ।बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगि गरेकाले सवै सहकारीले ठगि गरेको नबुझ्न उहाले सहकारी पिडितलाई आग्रह गर्नुभयो । संयोजक थापाले तथ्यप्राप्त गर्नका लागि जेलमा रहेका सहकारी ठगि गर्नेलाई पनि सोधपुछ गर्ने बताउनुभयो ।सहकारी ठगि गरेर विदेशमा लुकेकालाई पनि नेपाल ल्याउनका लागि आवश्यक कानूनका बारेमा जानकारी लिएको उहाको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।